शनिबार, बैशाख ८, २०८१

सरकार पर्यटकको सुरक्षाका लागि पूर्ण प्रतिवद्ध: मन्त्री भट्टराई

काठमाडौ माघ ६, राष्ट्रिय फोटो पत्रकार समूहद्दारा आज राजधानीम आयोजित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रमलाइ सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल आएका पर्यटक तत्कालीन माओवादी जनयुद्धको क्रममा समेत सुरक्षित रहेका स्मरण गर्दै वर्तमान सरकार भ्रमण वर्षको अवसरमा नेपाल आएका पर्यटकको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध रहेको बताउँनु भएको छ । कथंम कदाचित त्यस्तै  कुनै समस्या सिर्जना भए नेपाल सरकार समस्या अनुरुपको कदम चाल्न आवश्यक  सवै योजना सहित क्रियाशील रहेको बताउँनु भएको  छ । 

साथै उहाँले समुहद्दारा  प्रकाशित पुस्तकको लाकोपर्ण  गर्दै पुस्तकमा समावेश तस्वीरले पर्यटकबृतमा नेपाल परिचयलाइ थप सहजीकरण गरेको जिकिर गर्दै पुस्तककै माध्यमबाट पनि पर्यटकले आफ्नो घुम्ने गन्त्व्यको पहिचान गर्न सक्ने अभिमत प्रस्तुत गर्नु भएको छ ।

त्यसअवसरमा मन्त्री भट्टराईले सांस्कृतिक तथा पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारको पुरस्कार जित्न सफल मनोज पौडेल, कविराज कार्की र  सुशिल  शर्मालाइ रु २५,२० र १५ हजार राशिको क्रमस पहिलो , दोस्रो र तेस्रो पुरस्कारबाट सम्मानीत गर्नु भएको थियो । त्यस्तै रु १० हजार राशिको प्रादेशिक फोटो पत्रकारिता पुरस्कार अन्र्तगत  प्रदेश नं १ बाट भवानी शिलाकार, प्रदेश नं २ बाट सुशील श्रेष्ठ, बागमती प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कँडेल, प्रदेश नं ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्टलाइ प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठ ,समूहका अध्यक्ष राजेन्द्र चित्रकार,महासचिव प्रदिपराज वन्तलगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।