बिहिबार, बैशाख ६, २०८१

संघीय ससंदका उपसभामुखद्दारा राजीनामा ,नयाँ सभामुखको निर्वाचन माघ १२ मा

काठमाडौं माघ ६ , संघीय ससंदका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् । यसअघि प्रतिनिधि सभाको आजको बैठकलाई संबोधन गर्दै उनले प्रतिनिधि सभाको काम कारवाही सुचारु गर्नका लागि आफुले मार्ग प्रसस्त गर्दै आफ्नो राजीनामा संसद सचिवालयमा दर्ता गर्नु भएको जनाउ दिनु भएको थियो ।  उपसभामुख तुम्बाहाङफेको संबोधन लगत्तै संसदको पहिलो बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

यसैवीच उपसभामुख तुम्बाहाङ्फेले बैठक पछि ससंद भवनमा पत्रकार  सम्मेलनकाको आयोजना गर्दै आफ्नो राजीनामाको जानकारी दिनु भएको थियो । पत्रकार सम्मेलनमा उहाँले आफुलाइ यसअघि सत्तारुढ नेकपाले राजीनामा गर्न निर्देशन दिए पनि आफु दलको नभइ संसदको उपसभामुख भएका कारण राजीनामा नदिएको बताउँदै पछिल्लो समय आफुले संविधानको मर्म अनुरुप राजीनामा दिएको जनाउ दिनभएको छ ।
संघीय संसदको रिक्त सभामुख पदको निर्वाचन माघ १२ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी दिनु भएको हो । त्यस्तै दोस्रो बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गर्नु भएको ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजिनामा पत्रको व्यहारा बैठकलाई जानकारी दिनु भएको थियो ।

त्यस्तै संसद सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख भएअनुसार अनुसार मङ्गलबार बिहान ११ः०० देखि २ः०० बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता र सोहि दिन २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुने उल्लेख गरिएको छ । त्यस्तै  माघ  १२  गते ३ बजे बस्ने बैठकमा  दर्ता भएको  उम्मेदवारी निर्यणार्थ  प्रस्तुत गरिने भएको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु