शनिबार, बैशाख ८, २०८१

संघीय संसदलाइ नेतृत्वविहीन बनाएर दलको इशारामा काम नगर्ने उपसभामुखको प्रष्टोक्ति

काठमाडौ पुस २८,  संघीय संसदका उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सत्तारुढदल नेकपाले संघीय संसदको सभामुख को हुने भन्ने विषयमा नितिगत निर्णय नगरेसम्म आफुले उपसभामुख पदबाट आफूले राजिनामा नदिने आफनो पूर्वत अडान कायम रहेको बताउँनु भएको छ ।

सभामुख विवादकै कारण आइतवार बस्ने भनिएको संघीय संदको बैठक सूचना टाँस गर्दै आगामी माघ ६ गते सम्मका लागि स्थगन भएको अवस्थाकावीच उपसभामुख तुम्बाहाङफेले आफु उपसभामसखको जिम्मेवारीमा   आउँनुपूर्व दल आवद्ध रहेपनि उपसभामुखमा निर्वाचित भएसंगै कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएका कारण संविधानत व्यवस्था अनुरुप संसदलाइ नेतृत्वविहीन बनाएर दलको इशारामा काम नगर्ने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।