बुधबार, बैशाख १२, २०८१

संघीय संसदको सभामुखमा अग्नीको एकल उम्मेदवारी दर्ता

एकल उम्मेदवारी दर्तासंगै संघीय ससंदको सभामुख पदमा अग्नी सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं माघ ७ , आगामी माघ १२ गते हुने सघीय ससंदको सभामुख पदको निर्वाचन प्रयोजनार्थ सत्तारुढ नेकपाको तर्फबाट अग्निप्रसाद सापकोटाले आफ्नो उम्मेद्वारी दर्ता गराउँनु भएको छ ।

संघीय संसद सचिवालयले सोमवार जारी गरेको निर्वाचन कार्यक्रम अनुरुप नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राजपाका ससंद सदस्य लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराउँनु भएको संघीय संसद सचिवालयले जनाएको छ । तत्कालीन सभामुख कृष्ण बहादुर महरा बलातर काण्डमा परेसंगै विगत चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको थियो ।

यसैवीच प्रतिनिधिसभाको संघीय ससंदको सभामुख पदका लागि १२ गते हुने निर्वाचनका लागि सत्तारुढदल नेकपाको तर्फबाट मात्र उम्मेदवारी दर्ता भएसंगै अग्नी सापकोटा निर्विरोध निर्वाचित हुने भएको छ । प्रमुख प्रतिपक्षीदल काँग्रेसले सभामुख पदका लागि उम्मेदवारी दर्ता नगराएसंगै सापकोटाको मात्र उम्मेदवारी मात्र दर्ता भएको हो ।

संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रयोजनार्थ एक जनाको मात्र उम्मेदवारी दर्ता भएसंगै उहाँ निर्विरोध निर्वाचित हुनु भएको बताईएको छ । साथै सापकोटा सभामुख पदमा निर्वाचित भएपनि यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद बैठकबाट मात्र हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।