बिहिबार, बैशाख १३, २०८१

शहीद स्मारक ‘ए’ डिभिजन लिग को ७औं चरणका खेल आजबाट शुरु हुँदै

काठमाडौ माघ ३ ,   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजबाट ७औं चरणका खेल शुरु हुँदैछन् । एन्फाले जारी गरेको ७ औं चरणको खेल तालिकाअनुसार आजको पहिलो खेल मछिन्द्र क्लब हिमालयन शेर्पावीच हुने भएको छ । दशरथ रङ्गशालामा आज  अपराह्न ३ः बजे हुने  खेलमा २ हार र ४ बराबरी खेल्दै ४ अङ्क जोडेको हिमालयन शेर्पा र मछिन्दवीचको खेल हुन लागेको हो ।

त्यस्तै एन्फाका अनुसार अंकतालिकाको वरितायक्रममा मछिन्द क्लवको १३ अंक रहेको जनाउँदै मछिन्दले ४ खेलमा जीत तथा र्२ खेलमा बराबरी खेल खेल्दै प्रस्तुत अंक जोडेको हो ।

त्यसैगरी समान १३ अङ्क नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ । मनाङ्को १२ अङ्क छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अङ्क जोडेको थ्रिस्टार क्लब चौथो, ९ अङ्क जोडेको जाउलाखेल क्लब ५औं , ८ अङ्क जाडेको एनआरटी छैटाँै, समान ८ अङ्क नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा ८ अङ्क नै रहेको सङ्कटा क्लब गोलअन्तरका आधारमा आठाँै स्थानमा रहेको जनाएको छ । त्यस्तै ७ अङ्कका साथ व्रिगेड व्वाइज ९औं , छ अङ्कका साथ च्यासल युथ क्लब दशौँ, ५ अङ्क रहेको सशस्त्र प्रहरी बल (एपिएफ) ११औं स्थानमा रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।