बुधबार, बैशाख १२, २०८१

विहीवार २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ माघ १ , ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औँ भूकम्प सुरक्षा दिवस देशभर माघ २ गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले दिवसको मूल कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिने जनाएको छ ।

त्यस्तै समितिले दिवसको अवसरमा भक्तपुरमा जनचेतनामूलक -याली लगायतका कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।