शुक्रबार, बैशाख १४, २०८१

विजेश्वरीको अध्यक्षमा पुन: मुल्मी निर्वाचित

काठमाडौं पुस १९, विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आफ्नो १२औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष वाल मुकन्द मुल्मीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको उद्घाटनकाठमार्डौ महानगरपालिका वडा न१५का वडाध्यक्ष इश्वरमान डंगोलले गर्नु भएको थियो ।

संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्ररत्न बज्राचार्यको स्वागत अभिव्यक्तिबाट सभारम्भ भएको उद्घाटनसत्रमा प्रमुख अतिथी डंगोलले सहकारी संस्था विगतको परम्परागत गुठीगानाको परिवर्तित प्रारुप भएको बताउँदै आपसी विस्वास र सहकार्यमा सञ्चालन हुने संस्था र बचतकर्तावीचको बढ्दो विस्वासका कारणलेनै आज विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्थाले स्थापनाकालको १२ अ‍ै वार्षिक साधारण सभा गर्न सफल भएको  बताउँनु भएको छ । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका प्रमुख अतिथी डंगोलले संस्थाका नव निर्वार्चितकार्य समितिका पदाधिकारीहरुलाइ प्रमाणपत्र समेत वितरण गर्दै कार्यकाल सफलताको लागि शुभकामना दिनु भएको थियो ।

(संस्थाका नव-निर्वाचित कार्यसमिति)

त्यस्तै आज सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि पुन बालमुकुन्द मुल्मीको अध्यक्षतामा नयाँ कार्य समित समेत चयन गरको छ । नव निर्वाचित कार्य समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमस दिनेश महर्जन, माणिकरत्न शाक्य र दुर्गामान महर्जलाइ निर्वाचित गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा सानुराजा श्रेष्ठ , गोविन्द खत्री, रवि महर्जन, उर्मिला शाही, हिक्मत बहादुर खड्गी, सरिता नेवा, सरिता शाक्य विना गौतम र यमुना श्रेष्ठ निर्वाचित भएकी छिन ।  साथै ऋण उपसमितिमा राजु महर्जन र जुजुकाजी महर्जन निर्वाचित भएका छन भने लेखा समितिको संयोजकमा निरञ्जन भक्त श्रेष्ठ र सदस्यद्दयमा श्याम महर्जन र रमेश शाक्य निर्वाचित भएको  निर्वाचन  समितिका संयोजक रोशन महर्जनले जानकारी दिएका छन ।

 साथै आव २०७४/०७५ मा कूल रु पाँच करोड छ लाख ८७ हजार ८४३ कर्जा प्रवाह गर्नुको अलावा सहकारीले चालू आवमा चुक्ता शेयर पूँजी एक करोड ३० लाख, कर्जा प्रवाह रु आठ करोड र निक्षेप रु नौ करोड पु¥याउने लक्ष्य निर्धारण गरिएको साधारणसभामा जानकारी दिदै  अध्यक्ष मुल्मीले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष दुर्गामान महर्जनले कोषाध्षक्षको प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको उक्त कार्यक्रम संस्थाका सचिव माणिकरत्न शाक्यले सञ्चालन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।