शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय सभाका एकतिहाइ सदस्यकालागि मतदान हुँदै, नतिजा समेत आजै सार्वजनिक हुने

काठमाडौं माघ ९, राष्ट्रिय सभाका एकतिहाइ सदस्य अर्थात १९ सदस्यको लागि आज मतदान हुदैंछ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार १९ सदस्यीय भएपनि राष्ट्रिय सभाका लागि सातवटै प्रदेशबाट १८ जना र एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन् ।

फागुन २० गते राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जनाको पदावधि सकिने भएपनि रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुरुप आजको निर्वाचनमा १८ सितका लागि विभिन्न दलका गरी ४५ उम्मेदवार निर्वाचन मैदानमा रहेको र यी उम्मेदवारलाइ प्रदेश सभा र स्थानीय तहका गरि दुई हजार ५६ मतदाताले मतदान गर्दै १८ जना उम्मेदवारलाइ निर्वाचित गरिने भएको छ ।

आयोगका अनुसार प्रस्तुत निर्वाचनका लागि सत्तारुढ नेकपाले १६, प्रतिपक्षीदल नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २–२ जनालाई उम्मेदवार बनाएका छन् ।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल त्यस्तैगरि प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको जनाउँदै मतदान सकिएलगत्तै आजनै नतिजा प्रकाशन गर्नेसम्मको व्यवस्था मिलाएको आयोगले बुधवार आयोजित पत्रकार सम्मेलनमा दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।