बुधबार, बैशाख १२, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

काठमाडौं माघ ९ , राष्ट्रियसभा सदस्यको आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ भने ९९।१५ प्रतिशत मतदान भएको छ भने स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको १८ पदका लागि भएको प्रस्तुत निर्वाचनको मतगणना प्रारम्भ भइ परिणाम आउने कार्यसमेत शुरु भइ सकेको जनाउँदै मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्वद्ध सवैमा आयोगले आभार प्रकट  गरेको आयोगका प्रवक्ता राजकुमारश्रेष्ठ द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।