बिहिबार, चैत्र १५, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं पुस २५ , निर्वाचन आयोगले आगामी माघ ९ गते हुने  राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचनमा उम्मेदवार रहेको दलगत  उम्मेदवारलाइ सम्बन्धित पार्टीको निर्वाचन चिह्न क्रमस  प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

७ प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि माघ ९ गते हुने निर्वाचनमा नेकपाका १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका ७ र राजपा नेमकिपा त्यस्तैगरि राजमोका २ २ उम्म्दवार गरि ४५ उम्मेदवारले भाग लिएका छन् । त्यस्तै विज्ञप्तिमा महिला समूहतर्फ १६, दलित समूहततर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ उम्मेदवार रहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।