मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं पुस २५, संविधानत व्यवस्था अनुरुप प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । विहान दश बजदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

नामावली प्रकाशनसँगै आजै अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम समेत रहेको आयोगले जनाउँदै उम्मेदवारी फिर्ताको समय बिहीबार भएपनि कसैले पनि नाम फिर्ता नलिएको आयोगले जनाएको  छ ।स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ मध्ये १८ सदस्य  १८ सदस्य पदका लागि ४५ जनाको उम्मेदवारको उम्मेदवारी परेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।