शुक्रबार, चैत्र १६, २०८०

राजधानीको केलटोलमा भिषण आगलागी

शरण डंगोल /काठमाडौ पुस १८ , राजधानीको केलटोलमा आज साँझ भिषण आगला भएको छ । असन र इन्द्रचोकको विचमा रहेको  केलटोलस्थित पल्टन घर नगिचमा रहेका पुरानो घरको चौथो तलामा भएको उक्त आगलागी नियन्त्रणका लागि चार वटा दमकल परिचालन भएको महानगरीय प्रहरीवृत्त जनसेवाले जनाएको छ ।

यो समाचार तयार पार्दासम्मको अवस्थामा पनि आगो पूर्णरुपमा  नियन्त्रणमा आइनसकेको बुझिएको छ । के-कति कारणले आगलागी भएको सोको जानकारी र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।