बिहिबार, बैशाख ६, २०८१

युनियनको नवौँ राष्ट्रिय महाधिवेशन चैत २१ मा नेपालगञ्जमा हुने

p

काठमाडौं माघ ७, लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतको २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ ।  युनियनको चितवनमा सम्पन्न् केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुको अलावा केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

युनियनको प्रतिष्ठान, जिल्ला र प्रवास समेत गरि ८७ शाखा रहेको छ । यस मध्ये ७० भन्दा बढि शाखाको अधिवेशन भइसको छ भन े बाँकस् केहि शाखाको निर्वाचन हुन बाँकी रहेको बताईएको छ ।साथै बैठकले अधिवेशन हुन बाँकी प्रतिष्ठान, जिल्ला र प्रवासको माघभित्र अधिवेशन सक्न बैठकले निर्देशन समेत जारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।