शुक्रबार, बैशाख ७, २०८१

यी हुन राष्ट्रियसभा सदस्यका लागि काँग्रेसका उम्मेदवार

काठमाडौं पुस १९, आसन्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभा सदस्य निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ ।  काँग्रेसको तर्फबाट निर्वानको मैदानमा उत्रेका उम्मेदवारहरु क्रमस प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा  (चितवन) लाई उम्मेदवार चयन गरेको छ ।

त्यस्तै प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा)अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत)अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) लाइ उम्मेदवार बनाउँने भएको छ ।

त्यस्तै काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गरेका कारण कारण प्रदेश नं २ मा हुने ४ सदस्य पदमध्ये काँग्रेस र समाजवादी पार्टीले दुई-दुई पदमा उम्मेदवारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु