काठमाडौं माघ १४, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले नेपाल मिडिया काउन्सिल विधेयकबाट दण्ड सजायको व्यवस्था हटाइएको छ । यसअघि संचार प्रविधि मन्त्रालयले संसदमा ल्याएको विधेयकमा आचार संहिता उलंघन गर्ने पत्रकार, सम्पादक र प्रकाशकलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधानको प्रस्ताव गरिएको थियो । त्यस्तै विधेयकबाट उजुरी दिने, छानबिन गर्ने र त्यसपछि कारबाही गर्ने भन्ने व्यवस्था समेत हटाउँदै सट्टामा काउन्सिलले मेलमिलापका माध्यमबाट समस्यासमाधान गर्न सक्ने दफागत व्यवस्था राखिएको छ ।
त्यस्तै विधेयकमा समाचार लेखेको भरमा कोही अदालत गएमा खुला हुनेछ भने काउन्सिलले कारबाही गर्ने व्यवस्था पनि हटाइएको छ । त्यस्तै यसअघि मिडिया काउन्सिलमा ९ जना पदाधिकारी रहने व्यवस्थामा पनि पमिार्जन गर्दै समितिले मिडिया काउन्सिलमा ११ जना पदाधिकारी हुने व्यवस्था कायम गरेको छ । प्रस्तुत व्यवस्थासंगै प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य राख्ने विषयमा सहमति कायम गरिएको छ ।
त्यस्तै मिडिया काउन्सिलको अध्यक्ष हुनका लागि सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुगेको व्यक्ति वा वरिष्ठ अधिवक्ता वा पत्रकारितामा स्नातकोत्तर गरेर निरन्तर १५ वर्ष पत्रकारितामा संलग्न रहेको हुनुपर्ने व्यवस्था सहित विद्येयकमा व्यावसायिक पत्रकारिता र आचारसंहिताको कार्यान्वयनका लागि पत्रकारिता क्षेत्रको गुणास्तर सुधार गर्ने उद्देश्यले सरोकारवालापक्षसँगको छलफल पछि पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेका विद्यार्थीले पत्रकारिता पेशा गर्न प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरिने भएको छ ।
पत्रकारिता क्षेत्रमा हाल काम गरिरहेकाले भने स्वतः लाइसेन्स पाउनेछन् । विधेयकमा काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्नेलाई पहिला सचेत गराउने छ । सचेत गराउँदा पनि नभए पत्रकारको दर्ता प्रमाणपत्र निलम्वन गर्नेछ भने त्यति गर्दा पनि आचारसंहिता उल्लङ्घन गरेमा पत्रकारको दर्ता प्रमाणपत्र खारेज गर्नेछ । पत्रकारलाई चित्त नबुझेमा अदालत जान पाउने व्यवस्था गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संकल्प प्रस्ताव पारित :३० दिनभित्र विश्वासको मत नलिए नयाँ सरकार गठनको आव्हान
- सहकारी ठगी प्रकरण : सुप्रिमका अध्यक्ष ओमप्रकाशलाई थुनामा पठाउन आदेश
- प्रमिलाको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान