शुक्रबार, चैत्र १६, २०८०

माधवनारायणका व्रतालु प्रहरीका कारण घण्टौ अलमलमा

काठमाडौं माघ १०, पौष शुक्ल पूर्णिमादेखि सुरू भएको माधव नारायण मेला भर्न  पशुपतिस्थित बाग्मती नदीमा स्नान पछि पशुपतिनाथको दर्शन गर्दै फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्। यसैक्रममा पशुपतिनाथको दर्शन पश्चात दक्षिणकाली जाने क्रममा रहेका ब्रतालु टोलीलाइ आज मध्यान्न आन्दोलनकारीको व्यवाहर गर्दै  सिहदरवारमा प्रहरीले रोक्दै व्रतालुको पैदलयात्रालाइ प्रभावित बनाएको बुझिएको छ

माधवनारायण स्वस्थानीका ब्रतालुहरूले शङ्खजल ग्रहण गरी मन्त्रोच्चारणगरेसंगै कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्पराको समेत वेवास्ता गर्दै प्रहरीले सिहदरवारमा गरेको व्यवाहारका कारण व्रतालु र आयोजक समिति अवाक हुँदै आफुहरु कुनै आन्दोलनकारी नभएको र निषेधित क्षेत्र प्रवेश गर्दै कुनै गतिविढी गर्ने योजना नभएको जनाउ दिदै पटकपटक आफुहरु माधवनारायणको व्रतालु भएको बताउँदै गर्दा पनि प्रहरीले नसुनेको भन्दै प्रहरीको रुकावत प्रति खेद प्रकट गरेको छ ।

प्राप्त जानकारी अनुसार प्रहरीले निषेधित मार्गमा हुलकाहुल व्रतालुको प्रवेश प्रति गम्भीर चासो व्यक्त गर्दै केहि वेर सोधपुछ गरेको तर व्रतालुको यात्रालाइ प्रभावित बनाउँने काम नगरेको बताएपनि धार्मिक यात्राको क्रममा रहेको व्रतालु प्रहरीका कारण घण्टौ अलमलमा परेको हाम्रा सहकर्मीले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।