शुक्रबार, चैत्र १६, २०८०

मट्टारेलाई विष्णुभक्त स्मृति रङ्गकर्मी पुरस्कार

स्व :विष्णुभक्त फुँयाल

काठमाडौं पुस १९, वर्ष २०७६ को विष्णुभक्त फुँयाल स्मृति रङ्गकर्म पुरस्कार रङ्गकर्मी एवं हाँस्यकलाकार रमेश केसी मट्टारेलाई प्रदान गरिएको छ । २०७३ पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सत्यमोहज जोशीद्धारा लिखित नाटक ‘यज्ञवल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गर्दा गर्दै निधन हुनु भएका फुँयालको नामबाट हरेब वर्ष यो पुरस्कार प्रदान गरिँदै आइएको छ ।

२०२७ सालदेखि अनवरत रुपमा नेपाली नाट्य क्षेत्रमा क्रियाशील रहिरहनु भएका मट्टारेलाई रङ्गमञ्च तथा नाट्य क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै विष्णुभक्त तारादेवी स्मृती गुठीले २५ हजार नगद सहित सो पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार बारे बोल्नु हुँदै गुठीका अध्यक्ष डा. कमल फुँयालले आफ्ना पिताले जीवनको सम्पूर्ण समय नेपाली रंगमञ्चमा समर्पित गर्नु भएका कारण उहाँकै नामबाट नेपाली रंगमञ्चमा लामो सयमदेखि काम गर्दै आईरहेका रंगकर्मीलाई नियमित पुरस्कृत गर्ने बताए ।
कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारी संयोजक रहेको पुरस्कार छनौट समितिले दुई दशकभन्दा बढी समयदेखि निरन्तर कलाकारितामा क्रियाशील रहेका व्यक्तिहरु मध्येबाट पुरस्कृत व्यक्ति चयन गरेको हो ।

हरेक वर्ष फुँयालको निधन भएकै दिन पुस १९ गतेकै दिन स्मृति दिवसका अवसर पारेर सो पुरस्कार प्रदान गरिँदै आएको छ । यस अघि कलाकारहरु राजेन्द्र गड्तौला र लक्ष्मण सिंह बस्नेतलाई सो पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गुठीले २० हजार राशी कै तारादेवी नवनारी छात्रबृत्ति सुविना खड्कालाई प्रदान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।