शनिबार, बैशाख ८, २०८१

बढ्यो चिसो , ३ दिन अझै बदली र वर्षाको संभावना

काठमाडौं पुस १८ ,  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको हो । महाशाखाकाको पछिल्लो विवरण अनुसार काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको जनाएको छ । त्यस्तै महाशाखाले पछिल्लो २४ घन्टामा काठमाडौंमा ३।८ मिलिमिटर वर्षा भएको जनाएको छ ।

यसैवीच राजधानी काठमाडौँलगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेको छ । बढ्यो चिसोसंगै मुख्यत बालबालिका र ज्येष्ठ नागरिक बढि प्रभावित हुने बताउँदै बढ्दो चिसोको समयमा बालबालिकालाई न्यानो पारेर राख्न त्यस्तै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ख्याल राख्न पनि महाशाखाले सार्वजनिक अपिल समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।