मङ्लबार, बैशाख ११, २०८१

प्रेस स्वतन्त्रताका लागि म आफै आन्दोलनको अग्रणी मोर्चामा उभिन्छु : सञ्चारमन्त्री  बाँस्कोटा  

मन्त्री बनेपछि फलानो काम गरिदिनु पर्यो भन्दै कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको खुलासा

काठमाडौ पुस २३, पत्रकार महासंघ भक्तपुर शाखाको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बजारमा चेलेको हल्ला जस्तो सरकारको तर्फबाट प्रेस स्वतन्त्रतामाथि कुनै किसिमको प्रहार गर्दै नभएको र नहुँने बताउँनु भएको छ ।

त्यस्तै सरकार प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले आफ्नो पृष्ठभूमि पनि पत्रकाररितानै भएका कारण यदि सरकार प्रेस स्वतन्त्रताका लागि संविधानले प्रत्याभूत गरेको मर्म र भावना प्रति प्रतिवद्ध रहेको बताउँदै यदि सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने तर्फ उन्मुख भएको आभाषमात्र भएमा आफु स्वयम मन्त्रीपदबाट राजीनामा दिएर आन्दोलनको अग्रणीमोर्चामा रहने  समेत बताए ।

साथै सम्बोधनकै क्रममा मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट पार्दै शङ्काकाका भरमा पत्रकारिता गर्नु गलत हुने बताउँदै  पत्रकारिता अझै विश्वसनीय र खोजमूलक हुनुपर्नेमा पूर्वाग्रही पत्रिकारिताले मुलुकलाइ गाँज्दै आएको अवस्थालाइ चिर्दै आवाज विहिन को आवाजका प्रारुपमा पत्रकारिताको विकास गरिनुपर्नेमा जोड दिदै आफू मन्त्री बनेपछि फलानो काम गरिदिनु पर्यो भन्दै कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको खुलासा गर्नु भएको  छ ।

त्यसअवसरमा उहाँले मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट दवाव साप्ताहिकका सम्पादक अमर भुजु र वरिष्ठ पत्रकार धुर्व मधिकर्मीलाइ स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत गर्नु भएको थियो ।

शाखा अध्यक्ष पुष्कर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्षम गोविन्द आचार्यले महासंघको दबाबपछि नै सरकारले प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन सरकार तयार भएको  बताउँनु   बताउनुभयो ।  कार्यक्रममा महासंघका उपाध्यक्ष दिलिप थापामगर,वरिष्ठ पत्रकार कविर राणा, महासंघका प्रदेश अध्यक्ष एनके दाहाल,महासचिब श्रीजन झा , शाखाका पुर्वअध्यक्ष नारायण किलम्बु , लगायतले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याएका विधेयक सच्याउनुपर्नेमा जोड दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।