बुधबार, बैशाख १२, २०८१

प्रम ओली र भारतीय प्रम मोदीबीच टेलिफोन संवाद

काठमाडौ पुस १६,  नया वर्ष २०२० को शुभकामना आदान प्रदानका लागि प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भएको छ । संवादको क्रममा दुई प्रधानमन्त्रीबीच दुइ देशवीचको सम्बन्धलाइ नयाँ वर्षको अवसरमा अझ नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन ।

नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा आज प्रधानमन्त्री तहमा संवाद भएको जनाउँदै प्रमका प्रेस सल्लाकार थापाले संवादको क्रममा भारतीय प्रम मोदीले प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्दै
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नु भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।