शनिबार, बैशाख ८, २०८१

प्रदेश ३ को राजधानीको निर्णयार्थ आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरिने

काठमाडौ पुस २१,  प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा आइतवार पत्रकारसँगको छलफलको क्रममा सभामुख श्रेष्ठले प्रदेशसभाको कार्यविधिको जानकारी दिदै २१ गतेको बैठकमा छलफलका लागि नौ प्रस्ताव तय गरिएको त्यस्तै दोस्रो दिन ६ प्रस्ताव उपर छलफल हुने र यहि मेसोमा राजधानी र नामका विषय समेत समावेस रहेको जानकारी दिनु भएको हो ।

त्यस्तै उहाँले  राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल पछि निर्णयार्थ प्रस्तुत गर्दा दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।