बिहिबार, चैत्र १५, २०८०

प्रदेश नामांकरण तथा राजधानीका विषयमा आफ्नो पहल निस्तेज भएको सासंदद्दयको जिकिर

काठमाडौं माघ ६ , सत्तारुढ नेकापको तर्फबाट प्रदेश न ३मा प्रतिनिधीत्व गर्ने प्रदेश  सासंदद्दय   अजयक्रान्ति शाक्य र राजेश शाक्यले न ३ को नामांकरण तथा राजधानीका विषयमा पहिचानको सवालमा अन्तिम समयसम्म जारी राखेको प्रयास सहितको पहल निस्तेज भएको बताउँनु भएको छ ।

१ सय १० सांसद रहेको ३ नंबर प्रदेशमा आफूहरु दुईजनाको पहल निस्तेज धएको सासंदद्दयको भनाइ रहेको थियो । यद्यपी नेवाः पत्रकार राष्ट्रिय दबूको नव–निर्वाचित केन्द्रीय पदाधिकारीहरुको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सांसदव्दयले पहिचानको मुददामा आफूहरु दुईजना सांसद मात्र भएतापनि पछिसम्म निरन्तर लडिरहने जिकिर गर्दै नेपालमण्डलले कालान्तरमा स्थान पाउने आशा समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै पहिचानको कुरा गर्ने अनि पहिचानको सवालमा आवाज बुलन्द गर्ने समयमा कुनैपनि आवाज बुलन्द नगरेको देखेर सांसदद्दयले आश्चर्य लागेका बताए । कार्यक्रममा दबूका अध्यक्ष सुरजवीर वज्राचार्य  लगायतले ३ नंबर प्रदेश सांसद्दयको पछिल्लो योगदानको सवालमा वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।