बुधबार, बैशाख १२, २०८१

प्रदेशसभा बैठक : प्रदेशको राजधानी नामकरणसम्बन्धी कार्यविधि २०७६ पारित

काठमाडौं पुस २१, ३ न प्रदेशको आजदेखि शुरु भएको प्रदेशसभाको बैठकले नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले निर्णयार्थ प्रस्तुत गरेको प्रदेशको नामकरणसम्बन्धी कार्यविधि– २०७६ सर्वसहमतिबाट स्वीकृत गरेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल ,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँ लगायतको शुभकामना अभिव्यक्ति संगै बैठकमा मुख्य सचेतक रामेश्वर फुयाँलले टेबुल गर्नुभएको प्रदेशको नामाङ्कनको कार्यविधिको प्रस्ताव नेपाली काँग्रेसकी सचेतक राधा घलले समर्थन गर्नु भएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यस्तै आजको बैठकले सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य डा राजेन्द्रप्रसाद श्रेष्ठ, रमेश पौडेल, नरोत्तम वैद्य, ओमबहादुर घलान, प्रतिमा श्रेष्ठले छलफलमा भाग लिनुहुँदै प्रदेशको नामकरण सम्बन्धमा प्रदेशसभाले छुट्टै अध्ययन कार्यदल गठन गरी प्रदेशको १३ वटै जिल्लामा पुगेर प्रदेशको नामकरणका विषयमा सुझाव प्राप्त भइसकेपछि मात्र निर्णय लिनु उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको थियो । साथै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले पुस २३ गते दिउँसो ३ः०० बजेलाई पुनःबस्ने गरी आजको बैठक स्थगन भएको घोषणा गर्नु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।