बिहिबार, बैशाख ६, २०८१

पौडेल पक्षधर भनिएका जिल्ला सभापतिहरुलाई ब्रेकफास्ट खुवाउँदै सुझाव सुन्दै सभापति देउवा

काठमाडौं पुस २४, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भनिएका ४१ जिल्ला सभापतिहरुको ‘जिल्ला सभापति परामर्श बैठकले काँग्रेस नेतृत्वलाइ यसअघि केन्द्रीयसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याउँदै सहमतिमा आसन्न १४ औ महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दै भेला समापन गरे लगत्तै जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नै निवासमा ब्रेकफास्टमा वोलाएका हो ।

प्राप्त जानकारी अनुसार दुई दिनसम्म केन्द्रीय मुख्यालय सानेपामा जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा सहभागी सभापतिहरुलाइ सभापति देउवाले निम्तो दिए पछि जिल्ला सभापतिहरु बुढानिलकण्ठ पुगेको हो । आजको ब्रेकफास्टमा सभापति देउवाले जिल्ला सभापतिहरुको सुझाव सुन्ने कार्यक्रम समेत रहेको बुढानिलकण्ठ स्रोतले जनाएको छ । भेलाको समापन संगै जिल्ला सभापतिहरुले महाधिवेशन निर्धारित समयमै सहमति सहकार्यमा हुनुपर्ने माग सहित केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन ।

स्मरण रहोस सभापति देउवाले केन्द्रीय कार्य समितिको बहुमतबाट २०७७ फागुनमा महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेसंगै काँग्रेसवृतमा विद्यमान विावाद सतहमा पुगेको हो । काँग्रेस केन्द्रीय समितिको निर्णय प्रति वरिष्ठ नेता पौडेल लगायतका असन्तुष्ट पक्षले भने मंसीरमै महाधिवेशन गराउनुपर्ने माग गर्दै आएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु