बुधबार, बैशाख १२, २०८१

पुनःनिर्माण प्राधिकरणका सवइञ्जिनीयर रु ६ हजार घुस रकम सहित पक्राउ

काठमाडौ माघ १०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सवइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ ।आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई रु छ हजार घुस रकम सहित पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगल नेपाल विद्युत् प्राधिकरणका ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीलाई रु २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । बिजुलीको पोल राखिदिने बहानामा सेवाग्राहीसँग चौधरीले रु २५ हजार घुस मागेको पक्राउ परेका अभियुक्तद्दयउपर अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।