मङ्लबार, बैशाख ४, २०८१

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव बढेसंगै फेरि मौसममा उतारचढावको संभावना

काठमाडौं माघ १, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका विस्तार हुने जनाएको छ । विस्तारित निम्न चापीय प्रणालीको प्रभावका कारण् आज रातीदेखि देशको तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्नुको अलावा हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले तराई भू–भागहरुमा बिहानी समयमा बाक्लो हुस्सु र कुहिरो लागेकोले ती स्थानमा राम्रोसँग घाम नलाग्ने हुँदा चिसो बढ्न सकने संभावना औल्याउँदै चिसोबाट बच्ने उपायहरु अपनाउन र हवाइ तथा सडक यातायातमा पर्न सक्ने जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैवीच महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार माघ १ गते दिउँसो : देशको पुर्वी तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको  जनाएको छ ।

माघ २ गते (बिहिबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ। रातीः देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।