शुक्रबार, बैशाख १४, २०८१

पत्रकार प्रधानको निधनमा महासङ्घ र युनियनद्दारा शोक व्यक्त

काठमाडौ पुस १७, नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति एवम अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको शोक विज्ञप्तिमा पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरीस्थित आफ्नै निवासमा आज बिहान ५२ वर्षको उमेरमा निधन भएको हो । उहाँका श्रीमती र छोरी हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रधानलाई महासङ्घले २०७३ सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।

यसैवीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पनि आज एक अर्को शोक विज्ञप्ति जारी गरी प्रधानको निधनमा दुःख व्यक्त गर्दै वरिष्ठ पत्रकार प्रधानको निधनमा प्रेस युनियन स्तब्ध भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।