शनिबार, बैशाख ८, २०८१

पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिने व्यवस्था हटाइने

काठमाडौं माघ १६ , राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले मिडिया काउन्सिल विधेयकका केही बुँदाहरु संशोधन गर्नुका साथै केही बुँदाहरु थप गर्दै पत्रकारको परीक्षासम्बन्धी प्रावधानका् व्यवस्था गरेसंगै चौतर्फी आलोचना मात्र नभइ पत्रकार महासंघको आन्दोलनका क्रममा भएको सहमति विपरितको व्यवस्था आफैमा हितकर नहुने निष्कर्ष सहित प्रस्तुत दफागत व्यवस्था सच्च्याउँदै मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ । ३ दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो ।

विधेयक तयार पार्ने सञ्चार मन्त्रालयसमेत परीक्षाको विपक्षमा रहेकाले समितिबाट आएको सुझावलाई सच्याउन लागिएको राष्ट्रियसभा सचिवालय स्रोतले जनाएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रियसभाबाट उत्पत्ति त्यसअर्थमा जुन सभामा विधेयक उत्पत्ति भएको हो, त्यहीँ सच्याउनु राम्रो हुन्छ, मिडिया काउन्सिल विधेयकलाई प्रतिनिधिसभामा पठाउनुअघि नै सच्याइने तयारी भएको थाहा भएको छ ।’

यसैवीच इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचांै च्यानल एनटिभी इटहरीको उद्घाटन सत्रमा सहभागी हुन विराट नगर पुग्नु भएका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था कायम नरहने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।