शुक्रबार, बैशाख १४, २०८१

नेपाल बार काउन्सिलद्दारा कानून व्यवसायी खत्रीको प्रमाणपत्र निलम्बन

काठमाडौं पुस २५, नेपाल कानून व्यवसायी परिषद्ले आचारसंहिताविपरीत काम गरेको अभियोगमा २ जना कानून व्यवसायी क्रमस कृष्णबहादुर खत्रीको कानून व्यवसायी प्रमाणपत्र निलम्बन गरेको छ भने खगेन्द्रप्रसाद बोहरालाइ नसिहत दिएको छ ।

कानून व्यवसायी खत्रीको प्रमाणपत्र निलम्बन भएसंगै ३ महिना  व्यवसाय गर्न नपाउँने परिषद्का सचिव रामहरि काफ्लेले आज जारी गर्नुभएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । त्यस्तै परिषदले निजको प्रमाणपत्र न ४४९३ रहेको जानकारी दिएका छन ।

त्यस्तै परिषदको सूचनामा अधिवक्ता खत्रीले काठमाडौं गोलढुङ्गा गाविस ५ बस्ने काबु पुतुवारको कानून व्यवसायी भई काम गर्दा मुद्दा मिलापत्र गराएबापत ३ आना जग्गा आफ्नो नाममा गरेको र उक्त मुद्दामा दोहोरो भूमिका खेलेको उल्लेख गरिएको छ ।  त्यस्तै, परिषद्ले प्रमाणपत्र न ४३५८० रहेका अर्का अधिवक्ता बोहराले कानून व्यवसायीको रवाफ देखाउँदै आचारसंहिता विपरीत काम गरेको हुँदा पहिलो पटक नसिहत दिएको परिषद्ले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।