शुक्रबार, बैशाख १४, २०८१

नेकपा प्रदेश.न.३ संसदीय दलको बैठक निष्कर्ष  विहिन

प्रदेश र राजधानीका विषयमा जुटेन  सहमति

काठमाडौं पुस २४, आज बसेको सत्तारुढदल नेकपाको ३ प्रदेश संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा सहमति जुटन नसकेपछि बैठक विना निस्कर्ष टुंगिएको छ । प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा बसेको बैठकमा प्रस्तावित एजेन्दामा यसअघि केन्द्रीय नेतृत्वले प्रदेशको राजधानी हेटौडा र नाम बाग्मती राख्न निर्देशन दिएपनि प्रदेश सभासदस्यहरुवीचनै सहमति बन्न नसकेका कारण आजको बैठकविना निस्कर्ष टुंगिएको हो ।

यद्यपी बैठक शुक्रबार बस्ने र सहमतिको प्रयासलाइ निरन्तरता दिइने योजना रहेको जानकारी दिदै सचिवालय सम्वद्ध स्रोतले आफ्नै पार्टीका सदस्यको एजेन्दामा फरक मत रहेका कारण आजको बैठकले नितिगत निर्णय गर्न नसकेको बताईएको छ ।

बैठकमा मुख्यमन्त्री एवम् संसदीय दलका नेता डोरमणि पौडेल, उपनेता शालिकराम जम्कट्टेल, मन्त्री, सांसद एवं नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ अधिकारी लगायतका प्रदेशका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।