शुक्रबार, चैत्र १६, २०८०

नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोहका ६ सदस्य पक्राउ

काठमाडौ पुस १६,  महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानको क्रममा आशिष स्टुडियोका संचालक बुद्धि बहादुरको साथबाट दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमतिपत्र ४ थान, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड र फोटो कन्सर्न प्रालिबाट लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपीयु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका- १५ घर भई काठमाडौं जडिबुटी बस्ने २७ वर्षीय दिपक ब्लोन, सर्लाही हरिवन नगरपालिका-१ घर भई काठमाडौं कुलेश्वर बस्ने ४८ वर्षीय शुभाष भन्ने बुद्धी बहादुर रोक्का, काठमाडौं महानगरपालिकाका-६ बौद्ध चुच्चेपाटी बस्ने ३६ वर्षीया अनन्ता गुरुङ, बारा जितपुर सिमरा नगरपालिका-१ घर भई काठमाडौं अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहा सुखिपुर नगरपालिका-४ घर भई काठमाडौं कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादब र काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ५६ वर्षीय कुमार तण्डुकार रहेका छन ।
त्यस्तै पक्राउ परेका सबै जनालाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।