बिहिबार, बैशाख १३, २०८१

दुइदिने प्राविधिक रोजगार मेला हुने

काठमाडौ माघ १३, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद प्राविधिक क्षेत्रमा अग्रिम भूमिका खेल्दै आएका बालाजू स्कूल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजि प्राविधिक शिक्षालयले दुइ दिने प्राविधिक एस. एल. सी. र डिप्लोमा ईन्जिनियरिéका प्रशिक्षार्थीहरुलाई लक्षीत गरी प्राविधिक रोजगार मेला (Technical Job fair) को आयोजना गर्ने भएको छ ।

माघ १४ र १५ गते आयोजना हुने प्रस्तुत मेला मुलत प्राविधिक जनशक्ति र उद्योगीवीच परिचय अभिवृद्धिसंगै प्राविधिक जन शक्तिलाई आफूले जानेको सिपको सदूपयोग गर्न उद्योगहरुमा रोजगारको अवसर दिलाउँनु रहेको आयोजकले जनाएको छ । नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर र केवल जस्ता धेरै प्रतिष्ठित उद्योगहरुको उपस्थिती रहने बताईएको मेलामा प्राविधिक एस. एल .सी. र डिप्लोमा सिभिल, मेकानिकल, अ६ोमोवाइल, इलेक्टीकल र स्यानिटरी विषयका विद्यार्थीहरुले भाग लिने बताइृएको मेलाको सहयोगी प्रायोजनमा क्यानाडा सरकार -CECI_, ENSSURE, NVQS लगायतका संस्थासंगै सिद्धार्थ वैक, एनएमवी र माछापूच्छे वैंकको सहयोग रहने बताईएको ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।