शनिबार, बैशाख ८, २०८१

चाँगुनारायण कलश तथा भाँडाकुँडा फुटाउने जात्रा

काठमाडौ पुस २७ काठमाडौंं उपत्यकाको सबै भन्दा प्राचिन जात्रा मानिने चाँगुनारायण कलश तथा भाँडाकुँडा फुटाउने जात्रा सम्पन्न भएको छ । लिच्छवीकालीन समयबाट शुरु भएको मानिने प्रस्तुत जात्राको आफ्नै मौलिकता र महत्व रहेको बताइन्छ ।

कलश जात्रा श्रीकुमारीलाइ समेत दर्शन गराइने परम्परा वोकेको यस जात्राको क्रममा भक्तपुरस्थित चाँगुनारायण, सरस्वती र लक्ष्मीको प्रतिक कलश पैदल मार्गबाट काठमाडौं ल्याइने र यसरी ल्याईएको कलश जमल पुगे लगत्तै राजखड्ग र गरर्जुको पल्टनले स्वागत गर्ने परम्परा रहेको छ ।

त्यसपछि हनुमानढोका दरवार पुगेसंगै श्रीकुमारीको उपस्थितमा विशेष पूजा अर्चना सहित तलेजु मन्दिर प्रवेश गराइन्छ ।  यद्यपी जात्रा संरक्षणका लागि भने कुनैपनि निकायबाट त्यस्तो कुनै पहलकद्मी हुन नसकेको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।