बिहिबार, चैत्र १५, २०८०

गुण्डागर्दीमा संलग्न भइ फरार रहेका ‘राते’ भन्ने सुजन श्रेष्ठ पक्राउ

काठमाडौ पुस १८,  पुस गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार राते उर्फ सुजन श्रेष्ठ प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी भन्ने चरी’ समूहसंग आवद्ध रहेको जनाएको छ ।

त्यस्तै पछिल्लो समयमा राते र उनका सहयोगी रेम्बो भन्ने अजय गुरुङले काठमाडौ महानगरपालिका–२६ आइओडी क्लब अगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार रहेको र निजको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै गुरुङ भने यसअघि नै पक्राउ परिसकेको जनाएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।