शुक्रबार, चैत्र १६, २०८०

गुट उपगुटको अन्त्यसंगै संवाद र सहमतिका आधारमा अघि बढ्ने सभापति देउवाको प्रतिवद्धता

काठमाडौ पुस २४, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम गर्दै विद्यमान यावत गुट उपगुटको वातावरण अन्त्यका लागि आफु प्रतिवद्ध भएको बताउँनु भएको छ ।  देउवा निवास बूढानीलकण्ठमा आज पार्टी नेतृत्वले केन्द्रीय समिति बैठकमार्फत बहुमतका आधारमा निर्णय गरेको र विधानविपरीत विधानका केही दफा निलम्बन संगै १४औँ महाधिवशेनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै विमति प्रकट गर्दै आइरहेका वरिष्ठ नेता पौडेल समूहले पार्टी मुख्यालयमा आयोजना गरेको भेलामा सहभागी बन्न आएका जिल्ला सभापतिसंगको छलफलको क्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै छलफलमा जिल्ला सभापतिहरुले सोमबारदेखि तीनसम्म काठमाडौँमा चलेको ‘जिल्ला सभापतिको परामर्श बैठक’का निष्कर्ष जानकारी गराउँदै मुलुकमा एकपछि अर्को गर्दै कम्न्युष्ट सरकारको दवदवा र अलोकतान्त्रिक कदम बढ्दो रहेको अवस्थामा घर झगडा राम्रो नभएको भन्दै सहमतिको वातावरण कायम गर्न नेतृत्वलाई आग्रह गरेसंगै सभापति देउवाले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको बताइएको छ ।

छलफलमा सभापति देउवाका साथै उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मालगायत सहभागी हुनुहुन्थ्यो भने विभिन्न जिल्लाका काँग्रेसका दुई दर्जन बढी जिल्ला सभापतिको उपस्थित रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।