शुक्रबार, चैत्र १६, २०८०

क्षति न्यूनिकरणका लागि नागरिक सचेतना सहित साझा प्रतिवद्धता आवश्यक – वक्ताहरु

काठमाडौं माघ २ , १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभाको आयोजना गरिएको छ ।  स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने धारणा अभिव्यक्त गर्नु भएके छ । साथै उहाँले प्राकृतिक विपत्तिबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता भएको बताउँनु भएको छ ।

त्यस्तै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले अचानक आइपन बिपत्तिबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि महानगरले वडास्तरीय बिपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरिएको जानकारी दिदै हामीले भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेको बताउँनु भएको छ ।  त्यस्तै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले आशातितप्ररुपमा सफलता प्राप्त गर्दै आएको जनाउ दिनु भएको छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल , महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि र बिपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिको सहभभागिता रहेका थियो ।

यसैवीच आजै भृकुटीमण्डपमा भूकम्प सुरक्षा प्रदर्शनी यस्तै भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल र ख्वपः इञ्जिनियरिङ् कलेजले भूकम्पको कम्पनबाट जमिन र संरचनामा पर्ने प्रभावलाई प्रयोगात्मक प्रदर्शनी राखेका छन् । त्यस्तै नेपाल रेडक्रस सोसाइटीले बिपद्का समय जोखिम कम गराउन हुने खोज तथा उद्धारलगायत क्रियाकलाप सम्बन्धि जानकारीमुलक सामाग्रीहरुको प्रदर्शन का कार्यक्रमको आयोजना गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।