शनिबार, बैशाख ८, २०८१

कोराना भाइरस महामारीका रूपमा फैलनबाट रोक्न सुरक्षा व्यवस्था मिलाउ :काँग्रेस

काठमाडौ माघ १२,संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस भेटिएको र नेपालमा पनि कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयको जनाउ संगै भाइरसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै ससंदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायी समेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गर्दै कोराना भाइरस महामारीका रूपमा फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।