शुक्रबार, चैत्र १६, २०८०

कृपासुर ड्रग हाउसको थप गोदाममा  विभागको छापा र शिलबन्दी

 माघे झरीको चिसो मौसमकावीच पनि क्षेत्रपाटी औषधि बजारमा गर्मागर्मी बहस

काठमाडौं माघ ३ , औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागले ट्रामा लगायतका अवैध औषधिको कारोवारी कृपासुर ड्रग हाउसको गोदाम छापा प्रकरण अन्र्तगत विहिवार साँझ काठमाडौं महानगरपालिका वडा न. १७ क्षेत्रपाटीस्थित नि:शुल्क चिकित्शालयसंगै रेहेको थप गोदाममा समेत छापा मार्दै गोदाम शिलबन्दी गरेको बुझिएको छ ।

समाचार स्रोतका अनुसार गोदाममा छापा मार्नु पूर्वनै व्यवसायी सम्वद्ध निकट व्यक्तिले गोदामा रहेको अवैध औषधि परिणात्मक रुपम अन्यत्र लगिसकेको अवस्था पछि विभागका अधिकारी नेपाल प्रहरीको टोलीले छापा मार्दै गोदाम शिबन्दी गरेपनि के-कति औषधि बरामद भएको हो सोका जानकारी भने सार्वजनिक नगरेको प्रत्यक्ष दर्शीलाइ उदृत गर्दै समाचार स्रोतले भने ।

त्यस्तै पछिल्लो समय अवैध औषधिको कारोवार / कारोवारी विरुद्ध धावा वोल्ने कदम आफैमा स्वागत योग्य भएको प्रतिक्रिया दिदै औषधिको मुख्य बजार का रुपमा निचिएको क्षेत्रपाटी व्यवसायीवृतमा कृपासुर छापा प्रकरणको  सकारात्मक र नकारात्मक पक्षलाइ लिएर  माघेझरीको चिसो मौसकावीच पनि गर्मागर्मी बहस हुने गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।