शुक्रबार, बैशाख १४, २०८१

कुटपिटको मुद्धामा प्रदेशसभा सदस्य गुरुङको म्याद थप संगै जाहेरीवाला पनि पक्राउ

काठमााडौं माघ १० , बिहीबार कुटपिटको अभियोगको मुद्धामा पक्राउ परेको गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङलाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ ।

सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखेर अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयले जनाएके छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमा हातपात तथा दुव्र्यवहार गरेको अभियोगमा प्रदेशसभा सदस्य गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैबीच प्रदेशसभा सदस्य गुरुङविरुद्ध उजुरी हाल्ने एन्फा अध्यक्ष गुरुङलाई समेत आज प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको अभियोगमा गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार एन्फा अध्यक्ष गुरुङले विभिन्न व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने रकम नतिरेको तथा रकम नभएको चेक जारी गरेको अभियोगमा  पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।