शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं महानगरले वर्गिकृतरुपमा फोहर सङ्कलन गर्ने

काठमाडौ पुस २०, काठमाडौँ महानगरपालिकाले फोहरसंकलनको क्रममा नयाँ निति अख्तियार गर्ने भएको छ । प्राप्त जानकारी अनुसार फोहर संकलनको क्रममा कुहिने र नकुहिने फोहर नछुटटेका कारण फोहर व्यवस्थापनमा समस्या देखिएको भन्दै हप्ताको चार दिन कुहिने र ३ दिन नकुहिने फोहरको सङ्कलन गर्ने योजना तय गरेको बुझिएको छ । त्यस्तै तत्काललाइ प्रस्तावित कार्य वडा न १२, १८ र २१ मा यो कार्य शुरु हुने जनाएको छ ।

यस सम्बन्धमा कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहरको सही सदुपयोग गर्न वर्गीकरणका लागि यस किसिमको कार्यको थालनी गर्न लागेको बताउँदै आगामी दुई महिनाभित्र ३२ वटै वडामा प्रस्तुत अभियान कार्यान्वयन गरिने बताए । त्यस्तै उहाँले उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर सङ्कलनहुने बताउँदै फोहरको वर्गिकरणसंगै जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने योजना रहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।