शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस मुख्यालयमा नेविसंघका दुई समुहबीच सोमवार झडप, आधा दर्जन विधार्थी घाइते

काठमाडौं माघ १४,  नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समुहबीच सोमवार झडप भएको छ । सभापति शेरबहादुर देउवालाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहवीच हात हालाहाल सहित झडप भएको हो ।

केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए। त्यसलगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको हाम्रा सहकर्मीले जनाएको   छ ।

कांग्रेस मुख्यालयमा विगत ४१ दिनदेखिको विधानत व्यवस्था अनुरुप ३२ वर्ष मुनीको उमेर समूहबाट तदर्थसमिति ल्याउनुपर्ने माग राख्दै बस्दै आएको रिले अनशनलाई सोमवारबाट आमरण अनशनमा परिणत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।