बुधबार, बैशाख १२, २०८१

काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौ माघ १३ , नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले यसअघि सार्वजनिक पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्त अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित आज पारित गरिएको कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका दफा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने नितिगत निर्णय भएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा परिमार्जित कार्यतालिकाका विषयमा उल्लेखभए अनुसार गाउँ÷नगर वडा अधिवेशन २०७७ कात्तिक १६, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ र एक भन्दा बढी भएकाको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मङ्सिर २९ गते हुनेछ । पार्टीको १४औँ केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएको मिति २०७७ फागुन ७ देखि १० गते काठमाडौँमा नै गर्ने बैठकले निर्णय गरेको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: केन्द्रीय महाधिवेशन आगामी २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं…

Gepostet von Nepali Congress am Montag, 27. Januar 2020

त्यस्तै बैठकले यही माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, आगामी फागुनदेखि चैत मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने, २०७७ वैशाख मसान्तभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यसैगरी २०७७ जेठ १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिने, जेठ मसान्तभित्र उजूरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने व्यवस्था र  २०७७ असार १५ भित्र क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिइसक्नुपर्ने, साउन १५ भित्र उजूरीउपर केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने, साउन २५ भित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाइसक्नु पर्नेछ ।

साउन मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने नितिगत निर्णय गरेको छ । केन्द्रीयसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे बस्ने विज्ञप्तिमा उल्ेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।