शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसका वरिष्ठ नेता पौडेल पक्षधर असन्तुष्ट जिल्ला सभापतिको भेला

 बहुमतको निर्णय सच्याउन माग

काठमाडौं पुस २१, नेपाली कांँग्रेसमा १४औँ महाधिवेशन कार्यतालिका लगायतका एजेन्दामा संस्थापन पक्षले बहुमतिय दम्भ प्रदर्शन गरेको भन्दै विमति प्रकट गर्दै आइरहेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पार्टी मुख्यालयमा जिल्ला सभापतिहरुको २ दिने भेलाको आयोजना गरेको छन ।

भेलामा मुलत पार्टी नेतृत्वले महासमिति बैठकपछिका केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेका निर्णय गर्ने प्रवृतिले प्रशय पाएको बताउँदै सहभागीहरुले आपत्ति जनाउँदै पुस ११ गते काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय सच्याउन माग गरेका छन् ।

जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रकाशमानसिंह , नवीन्द्रराज जोशी लगायतले संस्थापन पक्षले यही पुस ११ गते पार्टीको चांैधौ महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको भन्दै विधान विपरीत गरिएको सवै निर्णय सच्याउँनुपर्ने माग गरेका छन। भेलामा नेता पौडेल समूहका भनिएका केन्द्रीय सदस्य र पदाधिकारी लगायत ४१ जिल्ला सभापति सहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु