बिहिबार, बैशाख १३, २०८१

एमसीसी’ सम्झौताको सवालमा अनेकन आशंका नगर्न सरकारका प्रवक्ता बाँस्कोटाको आग्रह

मप बैठकको १७ बुँदे निर्णय सार्वजनिक,शक्तिशाली राष्ट्रहरुसँग पाखुरा सुर्केर केही नहुने जिकिर 

काठमाडौ माघ १६ , माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकको १७ बुँदे निर्णय सार्वजनिक गर्दै । सन्चारमन्त्री गोकुल बाँस्कोटाले बहुचर्चित एमसीसी’ सम्झौताको सवालमा अ‍ेकन आशंका नगर्न आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले नेपालमा एमसीसी कार्यान्वयनमा आइसकेको दाबी गर्दै उनले हरेक विदेशी सहयोगमा शंका गर्ने प्रवृति आफैम राम्रो पक्ष नभएको  बताउँदै शक्तिशाली राष्ट्रहरुसँग पाखुरा सुर्केर केही नहुने जिकिर गरेका छन ।

त्यस्तै उहाँले मप बैठकबाट भएको निर्णयका विषयमा जानकारी दिदै तत्कालीन द्वन्द्वबाट क्षति भएका नक्सा र श्रेस्ता पुनस्र्थापना कार्यक्रमका लागि संखुवासभाको चैनपुरमा अस्थायी रूपमा विशेष नापी कार्यालय स्थापना गर्ने निर्णय संगै अछाम जिल्लामा द्वन्द्वबाट क्षति भएका नक्सा र श्रेस्ता पुनस्र्थापनाका लागि यसअघि स्थापना गरिएको विशेष नापी कार्यालय कार्य सम्पन्नभएलगत्तै खारेज गरिएको जानकाी दिनु भएको छ । त्यस्तै परिवर्तन तथा विपद्बाट हुनसक्ने सम्भावित जोखिम बहन गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा सात सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय भएके पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

साथै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप गर्ने , सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजु श्रेष्ठको  मनोनयनसंगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा सोरहवा–१, बर्दिया निवासी डा.निर्मल लामिछानेलाई आगामी ३ वर्षका लागि मनोनयन गरिएको जानकारी दिनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।