शुक्रबार, बैशाख ७, २०८१

उपभोक्ता ठग्ने कालाबजारीलाइ कारवाही गरिने

काठमाडौ माघ १५ ,  बजारमा बढ्दो उपभोक्ता ठगीको आवाज मुखरित चएसंगै सरोकारवाला निकायले कारबाहीलाई तदारुकता देखाएका छन । पछिल्लो समय बजारमा निर्माण, औषधी, खाद्यान्न लगायत सामाग्रीमा ठगी भइरहेको गुनासा आएको सन्दर्भमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजित बजार अनुगमन, अपराध अनुसन्धानमा लागूऔषधको अवस्था र नियन्त्रणका उपाएहरु’ विषयक अन्तरक्रिया कार्यक्रमका सभागी वक्ताहरुले अव उपभोक्त ठगिने कालाबजारीलाइ कारवाही गरिने साझा प्रतिवद्धता जनाएका छन ।

कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौ जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको उदेश्य पूर्तिका लागि दत्तचित्त भएर लागेको बताउँदै काठमाडौ उपत्यकाभित्रका अपराधिक घटना र उपभोक्ता ठगीका घटना न्यूनीकरण गर्न आफूँहरु सक्रिय भएर लागेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विगतमा भएका कामहरुलाई सम्मान गर्ने र बाँकी कामहरुलाई प्राप्त सुझावका आधारमा विभाग अगाडि बढ्ने बताउँदै उपभोक्ताहरुको हितका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताए । साथै यहाँले कालाबजारीको सवालमा विभागले हाल व्यवस्थित तरिकाले अनुगमन गरिरहेको बताउँदै सूचना र मापदण्डमा आधारित व्यवस्थित अनुगमन तथा कालाबजारीमा संलग्न व्यक्तिहरुमाथि मुद्दा समेत चलाइएको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा औषधी व्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकालले औषधी व्यवस्था विभागले विदेशबाट स्वदेशमा भित्रिने औषधीको गुणस्तरीयता, बजार व्यवस्थापन, फार्मेसीहरुको अनुमगन गर्दै आएको जानकारी दिदै विभागले औषधीको समुुचित प्रयोगको प्रवद्र्धनमा सक्रिय भएको बताउनुभयो ।साथै उहाँले कसैलाई कारबाही गर्ने भन्दा पनि सबै पक्षलाई जिम्मेवार भई काम गरोस् गलत काम नगरोस् भन्ने खालको वातावरण सिर्जना गर्न विभागले कार्यसम्पादन गर्दै गरेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रमा साल्ट टेडिङ्ग कर्पोरेशनका डिजिएम ब्रजेश झाले साल्ट टेडिङ्गले आफ्ना संस्थाबाट उपलब्ध गराउँदै आएका सामाग्रीहरु बजारको भन्दा सुलभ मूल्य र गुणस्तरीय सामाग्रीमा सम्झौता नगरेको जानकारी दिदै कर्पोरेशनले सहज असहज दुवै परिस्थितमा सुपथ रुपमा नुन, तेल,ग्याँस लगायतको कारोवार गर्दै आएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईं लगायतले वोल्नु भएको थियो । – रामचन्द्र प्रजापतिबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु