शुक्रबार, चैत्र १६, २०८०

आसन्न शहीदको सप्ताहको साताव्यापी कार्यक्रमको रुपरेखा सार्वजनिक

काठमाडौ  माघ ८, काठमाडौं महानगरपालिकाले आसन्न सहीद सप्ताहको क्रममा उद्यान, मानव सेवा आश्रम, अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । तथा शहीद सप्ताह मूल समारोह समितिका संयोजक एव महानगरप्रुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले सहीद सप्ताहको साताव्यापी कार्यक्रमको रुपरेखा सार्वजनिक गरेको हो ।

त्यस्तै कामपाकी उपप्र्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सहसचिव राजेश्वर ज्ञवाली, चार शहीदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्ष सदस्यमा रहनुभएको मूल समारोह समितिको बैठकले माघ १० देखि १६ गतेसम्म मनाइने साताव्यापी सहीद सप्ताहको कार्यक्रम अन्र्तगत शहीद धर्मभक्त माथेमाको स्मृतिमा कामपा वडा २३ ओमबहालमा उद्यान निर्माण गर्ने, गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्ने र शहीद धर्मभक्तकै नाममा ‘शहीद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै माघ १० गते बिहान ८ बजे टेकु खरीबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यसैगरी माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलि गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै सहीद सप्ताहको अन्तिम दिन प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहितको सहभागितामा ् माघ १६ गते शान्तिबाटिकाबाट शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी सहित शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभाको कार्यक्रमको आयोजना गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।