बिहिबार, बैशाख १३, २०८१

आजबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ हुँदै

काठमाडौ पुस १६, आज सन २०२० जनवरी १ तारिख सरकारले आज बाट मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० एक विशेष कार्यक्रमकावीच शुभारम्भ गर्ने भएको छ ।  राजधानीस्थित दशरथ रङ्गशालामा भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको भ्रमण वर्ष शुभारम्भ सचिवालयले जनाएको छ ।

त्यस्तै सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको जनाउँदै सभिवालयले लिएको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना संग भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि काठमाडौँ आइपुगेको जनाएको छ ।

आज अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्ने बताईएको प्रस्तुत कार्यक्रमको शुभारम्भसत्रको क्रममा । नेपालको संस्कृति झल्कने नाचगान भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत मन्तव्य राख्नु हुनेछ । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।