आइतवार, साउन २५, २०७७
BigTop ताजा

आज उपत्यकामा माघे संक्रान्ति र तराइमा माघी पर्व मनाइदैं

काठमाडौं माघ १, आज माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ ।यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लाग्ने गर्दछ ।

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
यसैवीच थारु समुदायले भने आजको दिनलाइ नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म घरमा ठूला मुढा बालेर धुनी जगाउँदै धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाउँने गरिन्छ । माघे सङ्क्रान्तिको अवसरमा मुलुकको ७ प्रदेश मध्ये ४ प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । संघीय ससरकारले माघे सङ्क्रान्तिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा समेत कटौती गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु