मङ्लबार, बैशाख ४, २०८१

तन्त्रपूजाका लागि बली दिन भारत लागिएकी युवतीको उद्धार, योजनाकार सहितका गिरोह प्रहरीको फन्दामा    

काठमाडौ पुस १० , महानगरीय प्रहरी परिसर काठमाडौले विभिन्न वहानामा युवतीलाई बेचविखन गर्ने नियोजित लक्ष्य सहित भारत लैजाने गिरोहलाइ पक्राउ गरेको छ । प्रहरीका अनुसार ति गिरोहले यसपटक एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पु¥याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा ७ जनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङका २४ वर्षीय दिलकुमारी बुढामगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङका २३ वर्षीय प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन् ।
त्यस्तै परिसरले विहिवार पत्रकार सम्मेलनमा धादिङकी प्रेममाया तामाङले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाई भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो ।

गिरोहको चालवाजीको भनकपाएसंगै ति प्रेममाया तामाङ नामकी युवतीले भारत लानुपूर्व पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर पुगेको जानकारी दिदै अनुसन्धानको क्रममा गिरोहले मोडलिङको नाममा तन्त्र विद्याकाको पूर्णताको लागि बलीदिन ल्रजाँदै गर्दाको अवस्थामा कालो रङ्गको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको दुई जन्तर र तान्त्रिक पूजाका सामाग्री सहित पक्राउ गर्दै युवतीको उद्धार गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

साथै यसरी पक्राउ परेका अभियुक्त र घटनाका मुख्य योजनाकार दिलीप पोदार भएको जनाउँदै पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।