शुक्रबार, चैत्र १६, २०८०

मुशर्रफलाई मृत्युदण्ड दिने फैसला प्रति पाकिस्तानी सेनाले दियो कडा प्रतिक्रिया

समाचार एजेन्सी पुस २ , पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले मंगलवार पाकिस्तानका पूर्व सैन्य प्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने सवालमा गरेको फैसलाप्रति पाकिस्तानको सेनाले आपत्ति जनाएको बीबीसी नेपाली सेवाले जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेपछि सेनाले यस किसिमको असहमति सहितको प्रतिक्रिया जनाएको उल्लेख गरेका छन ।

त्यस्तै अदालतको प्रस्ततु पाकिस्तानी सेनाको मनोवल गिरेको जनाउँदै सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले जारी गरेको विज्ञप्तिमा पूर्वराष्ट्रपति समेत रहेका जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको उल्लेख गर्दै प्रस्तुत फैसलाले चार दशक भन्दा लामो समय देशको सेवा गरेको विषयलाइ नजरअन्दाज गर्दै आएको फैसलाले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पारेका बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।